आर्थिक वर्ष

कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य गरिएको अत्यन्त जरुरी सूचना !

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीज्यूबाट प्रदेश सभा, कर्णाली प्रदेशको चालु पाँचौ अधिवेशन मिति २०७७ बैशाख ०५ गते शुक्रवार रातको १२:०० बजे देखि अन्त्य गर्ने निर्णय भएको हुँदा माननीय सदस्यज्यूहरु र सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |

आज्ञाले,
ठाकुर प्रसाद सिग्देल 
सचिव