आर्थिक वर्ष

विज्ञप्ति

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूले बुद्ध जयन्तीको अवसर पारेर विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोनाभाइरस (कोभिड-१९) रोगको सङ्क्रमणबाट समग्र विश्वलाई जोगाउन कोरोना महामारी विरुद्धको लडाइँमा अग्रभागमा खटिइरहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायतका राष्ट्रसेवक र स्वयंसेवकहरू प्रति उच्च सम्मान सहित हौसला बढाउन, विश्वमा कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकाहरूको चिरशान्तिको कामना गर्न र कोरोना सङ्क्रमित विरामीहरूको शीघ्र स्वास्थ्यलाभ गर्न आज साँझ ७:०० बजे प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेशमा दिप प्रज्वलन गर्नु भएको छ । यस अवसरमा माननीय प्रदेश प्रमुखज्यूले कोरोना विरुद्धको लडाइँमा अग्रभागमा खटिइ कोरोनाको कारण हाल सम्म हाम्रो देशमा कसैको पनि ज्यान जान नदिएकोमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायतका राष्ट्रसेवक र स्वयंसेवकहरूको कामको प्रशंसा गर्नुभएको छ ।

प्रमुख स्वकीय सचिव

मिति २०७७ वैशाख २५ गते, बिहीबार