आर्थिक वर्ष

प्रेस विज्ञप्ति

प्रदेश सभा सचिवालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर, सुर्खेतको प.सं. ०७६/०७७ च.नं. ६५६ मिति २०७७/०३/१६ गतेको पत्रसाथ प्राप्त "प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७" र प्रदेश सभा सचिवालयकै प.सं. ०७६/०७७ च.नं. ६५७ मिति २०७७/०३/१७ गतेको पत्रसाथ प्राप्त "प्रदेश लोक सेवा आयोग ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक" गरी दुई ओटा विधेयकहरूलाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज मिति २०७६/०३/१८ गते माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट प्रमाणीकरण भएको व्यहोरा जानकारी गराइन्छ |

ठाकुरप्रसाद सिग्देल
सचिव