आर्थिक वर्ष

फागुपूर्णिमा (होली) पर्व, २०७६को अवसरमा माननीय प्रदेश प्रमुखज्युले दिनुभएको शुभकामना सन्देश

रङ्गहरुको महान पर्व फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली प्रदेशवासी एवम् सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देशमा खुसीहरुको पर्वको रुपमा होली पर्व हर्षोल्लासपूर्वक बिभिन्न रङ्गहरुमा रमाएर मनाउने गरिन्छ । यस वर्ष फाल्गुण २६ र २७ गते देशभर र विदेशमा पनि नेपालीहरुले मनाउने यस पर्वले हामी सबैबीच सामाजिक सद्भाव र राष्ट्रिय एकता वृद्धि गर्न सघाउ पुग्नेछ भन्ने विश्वास लिएको छु । हाम्रा यस्ता पर्वहरुले हाम्रो मौलिक पहिचान बढाई सांस्कृतिक विविधतामा एकता झल्काई प्रगतिपथमा लम्कन सबैमा उत्साह थपी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न थप टेवा पुग्ने अपेक्षा गरेको छु । यस्ता अमूल्य संस्कृतिहरुको संरक्षण गरि हाम्रो मौलिकता जोगाईराख्ने काममा रचनात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्दछु ।

अन्तमा, हाल विश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमण तर्फ सजग रहि सुरक्षित तवरले यो पर्व मनाउन सबैमा अपिल गर्दै यस पर्वले हामी सबैमा नयाँ उमगं र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने पुन: शुभकामना व्यक्त गर्दछु ।


धन्यवाद !

२०७६ फाल्गुण २६ गते ।                                                                                           
 

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख
कर्णाली प्रदेश