प्रगति विवरण (हालसम्म भए/गरेका गतिविधि) :

१.   मिति २०७४/१०/०७ मा माननीय प्रदेश प्रमुख दुर्गाकेशर खनालज्यूको, प्रदेश प्रमुखको कार्यालयमा पद बहाली ।

२.   मिति २०७४/१०/०७ माननीय प्रदेश प्रमुखज्यूबाट प्रदेश नं.६ का माननीय प्रदेश सभा सदस्य ज्येष्ठ सदस्य हिमबहादुर शाहीज्यूलाई सभामुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण कार्य सम्पन्न ।

३.   मिति २०७४/१०/०७ मा माननीय प्रदेश प्रमुखज्यूको समुपस्थितिमा माननीय ज्येष्ठ सदस्य हिमबहादुर शाहीज्यूबाट प्रदेश नं.६ का प्रदेश सभा सदस्यज्यूहरूलाई प्रदेश सभा सदस्य पदको पद तथा गोपनीयताको शपथ ग्रहण कार्य सम्पन्न । 

४.   मिति २०७४/१०/१४ मा माननीय प्रदेश प्रमुख दुर्गाकेशर खनालज्यूबाट प्रदेश नं. ६ को प्रदेश सभाको प्रथम अधिवेशन मिति २०७४ माघ २१ गते दिनको १:०० बजे वीरेन्द्रनगर, सुर्खेतस्थित सिंचाई विकास डिभिजनको सभाहलमा बस्ने गरी आह्वान गर्ने  निर्णय भएको ।

५.   मिति २०७४/१०/२९ मा माननीय प्रदेश प्रमुख दुर्गाकेशर खनालज्यूबाट प्रदेश नं.६ का प्रदेश सभाका नव निर्वाचित माननीय सभामुख राजबहादुर शाहीज्यूलाई सभामुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण कार्य सम्पन्न ।

६.   मिति २०७४/११/०४ मा माननीय प्रदेश प्रमुख दुर्गाकेशर खनालज्यूबाट प्रदेश नं.६ का नवनिर्वाचित माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यूलाई मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण कार्य सम्पन्न ।

७.   मिति २०७४/११/०६ मा माननीय प्रदेश प्रमुख दुर्गाकेशर खनालज्यूबाट माननीय मुख्यमन्त्री  महेन्द्रबहादुर शाहीज्यूद्वारा तपसिल बमोजिम गठित मन्त्रीपरिषद् गठन र कार्यविभाजन गरी सिफारिस गरी पठाएबमोजिमका माननीय मन्त्रीज्यूहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्य सम्पन्न ।

तपसिलः

क्र.सं.   नाम ,थर                     पद     कार्यविभाजन

१.       मा. प्रकाश ज्वाला         मन्त्री   आर्थिक मामिला तथा योजना मन्त्रालय

२.       मा. नरेश भण्डारी         मन्त्री   आन्तरिक मामिला तथा कानून मन्त्रालय

३.       मा. दल रावल              मन्त्री   सामाजिक विकास मन्त्रालय

४.       मा. बिमला के.सी.        मन्त्री   भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

५.       मा. नन्द सिं बुढा          मन्त्री   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

६.       मा. खड्गबहादुर खत्री  मन्त्री   भौतिक पूर्वाधार विकास मन्त्रालय

 

८.   मिति २०७४ चैत्र २८ मा माननीय प्रदेश प्रमुख दुर्गाकेशर खनालले माननीय मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा () बमोजिम वीरेन्द्रनगर नगरपालिका-9, सुर्खेत निवासी अधिवक्ता श्री विद्याभूषण मानन्धरलाई नेपालको कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको ।

९.   मिति २०७५ बैशाख ४ मा 'आर्थिक कार्यविधि विधेयक २०७४' लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखज्यूबाट प्रमाणीकरण ।

१०. मिति २०७५ बैशाख १० मा कर्णाली प्रदेशको प्रदेश सभामा माननीय प्रदेश प्रमुखज्यूबाट कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको ।

११. मिति २०७५/०१/१८ मा माननीय मुख्यमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखबाट मिति २०७५/०१/१८ गते रातको १२ बजेबाट कर्णाली प्रदेशको चालु प्रथम अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको ।

१२. मिति २०७५ बैशाख २३ मा 'आर्थिक वर्ष २०७४/०७५ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा गर्न बनेको विधेयक' लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखज्यूबाट प्रमाणीकरण ।

१३. मिति २०७/०२/०४ मा माननीय प्रदेश प्रमुख श्री दुर्गाकेशर खनालज्यूबाट प्रदेश नं.६ को प्रदेश सभाको दोस्रो अधिवेशन मिति २०७५ जेष्ठ ११ गते दिनको १:०० बजे वीरेन्द्रनगर, सुर्खेतस्थित सिंचाई विकास डिभिजनको सभाहलमा बस्ने गरी आह्वान गर्ने निर्णय गर्नुभएको ।

१४.    उक्त कार्यहरूका साथै यस प्रदेश प्रमुखको कार्यालयका कर्मचारी तथा कार्यालय व्यवस्थापन एवं सुरक्षा व्यवस्थाका लागि आवश्यक सम्पर्क, समन्वय सम्बन्धी कार्यहरू भइरहेको ।