पृष्ठभूमि:-

नेपालको संविधानको धारा ५६ अनुसार संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तह रहने व्यवस्था छ । सोही प्रावधान अनुसार हालको एक संघ, ७ प्रदेश र ७५३ वटा स्थानीय तह रहेका छन् । संघीयता कार्यान्वयनको क्रममा नेपालमा तीनवटै तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भई सबै तहमा जन निर्वाचित सरकार स्थापना भएका छन् । संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष एवं संविधानको संरक्षकका रूपमा स्थापित गरेको छ । नेपालको संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार संविधानले प्रदत्त गरेको प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारलाई सहयोग गर्न निजामती सेवाको प्रशासन सेवाका सचिव (रा.प. प्रथम श्रेणी) को नेतृत्वमा प्रशासनिक कामकारबाही हुने गरी प्रदेश प्रमुखको कार्यालय रहने व्यवस्था छ ।

परिचय:

नेपालको संविधान बमोजिम संघीय संरचनामा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । जसअनुरुप राष्ट्रपतिद्वारा प्रदेश नं.६ (कर्णाली प्रदेश) का लागि प्रदेश प्रमुखका रुपमा   दुर्गाकेशर खनाललाई मिति २०७२ साल माघ ५ गते संविधानको धारा १६३ उपधारा (२) बमोजिम नियुक्त गरिएको थियो। तेस पश्चात  २०७६   साल कार्तिक १८  गते गोविन्दप्रसाद कलौनीज्युलाई  कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो  र २०७८  साल कार्तिक २३  गते  तिलक परियारज्यूलाई कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । हाल २०८१ साल श्रावण १६ गतेदेखि यज्ञराज जाेशीज्यू कर्णाली प्रदेशको प्रदेश प्रमुखमा कार्यरत हुनुहुन्छ ।

संघीय व्यवस्थाको प्रादेशिक अवधारणा अनुसार सातवटै प्रदेशमा प्रदेश प्रमुखको कार्यालयको स्थापना गर्ने क्रममा कर्णाली प्रदेशको प्रदेश प्रमुखको कार्यालयको स्थापना मिति २०७४ साल माघ ७ गते स्थापना भएको हो । कर्णाली प्रदेशको प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगर-७ सुर्खेत स्थित साविकको क्षेत्रीय वन निर्देशनालय र क्षेत्रीय वन तालिम केन्द्रको भवनमा रहेको छ । माननीय प्रदेश प्रमुखवाट सम्पादन हुने कार्य मुख्य रुपमा कर्णाली प्रदेशको अधिवेशन आव्हान तथा अन्त्य मन्त्रिपरिषद्‍ गठन मन्त्रिपरिषद्‍को सिफारिस र सहमतिमा भए गरेका कार्यलाई मुख्यमन्त्रीबाट पेश भएबमोजिम र प्रदेश सभामुखबाट प्रमाणित विधेयकहरुलाई प्रमाणीकरण गर्ने कार्य संविधान बमोजिम प्रदेश प्रमुखबाट हुने गर्दछ ।

कर्णाली प्रदेशका  पूर्व माननीय प्रदेश प्रमुखज्यूहरुको नामावलीः

१.  माननीय दुर्गा केशर खनाल            पदभार अवधिः (२०७४ साल माघ ५ देखि २०७६ कार्तिक १८ सम्म )

२. माननीय गोविन्दप्रसाद कलौनी        पदभार अवधिः (२०७६ कार्तिक १८ देखि २०७८ कार्तिक २३  सम्म )

३. माननीय तिलक परियार                 पदभार अवधि (२०७८ कार्तिक २३ देखि २०८१ श्रावण १६ सम्म )