व्यवस्थापन महाशाखा

  • माननीय प्रदेश प्रमुखको कार्यसम्पादनका लागि आवश्यक प्रशासनिक सहयोग उपलब्ध गराउने
  • माननीय प्रदेश प्रमुखको कार्यक्रम व्यवस्थापन तथा भ्रमणहरूको व्यवस्थापन गर्ने
  • सुरक्षा निकायहरूसँग समन्वय गर्ने
  • माननीय प्रदेश प्रमुखको कार्यक्रम र भ्रमण सम्बन्धी अभिलेखिकरण व्यवस्थित गर्ने
  • आर्थिक व्यवस्थापन सम्बन्धी कार्य ।
  • कार्यालय व्यवस्थापन, आर्थिक, प्रशासनिक र सूरक्षा सम्बन्धी कार्य गर्ने ।
  • संवैधानिक एवं कानुनी रायपरामर्श सम्बन्धी
  • विधेयक तथा अध्यादेश प्रमाणीकरण सम्बन्धी
  • कानून तर्जुमा, संशोधन सम्बन्धी
  • प्रादेशिक कानुन र सो सम्बन्धी अन्य कार्य गर्ने ।

सूचना तथा समन्वय महाशाखा

  • कूटनीतिज्ञ एवं अन्य व्यक्तित्वहरूको भेटघाट सम्बन्धी व्यवस्था मिलाउने
  • प्रादेशिक, संघीय तथा माननीय प्रदेश प्रमुखको तर्फबाट हुने पत्राचार सम्बन्धी कार्य
  • माननीय प्रदेश प्रमुखले दिनुहुने सन्देश र शुभकामनाको मस्यौदा तयार गर्ने
  • विभिन्न कार्यक्रमको समन्वय र आवश्यक श्रोतका लागि समन्वय गर्ने
  • सूचना संकलन र सम्प्रेषणको कार्य गर्ने
  • प्रदेश प्रमुखलाई सूचना तथा जानकारी उपलब्ध गराउने ।

प्रदेश प्रमुखको निजी सचिवालय

  • माननीय प्रदेश प्रमुखको कार्यक्रम व्यवस्थापन
  • माननीय प्रदेश प्रमुखलाई सम्बोधन गरी प्राप्त हुने निवेदन तथा पत्रहरू अध्ययन गरी पेश गर्ने
  • माननीय प्रदेश प्रमुखको कार्यालयमा हुने भेटघाट व्यवस्थापन
  • माननीय प्रदेश प्रमुखबाट हुने आदेश, निर्देशनको कार्यान्वयन बारे अनुगमन र समन्वय ।