आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट “तिहार पर्व, २०७७”को अवसरमा व्यक्त शुभकामना सन्देश

तिहार पर्व, २०७७”को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभा तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

हिन्दु परम्परा अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म सूर्यका पुत्र यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीको घरमा बिताएका पाँच दिन(यमपञ्चक)को सम्झनामा मनाइने यस पर्वमा काग, कुकुर, गाई, गोवर्धन र लक्ष्मीको पूजाआजा सँगै घरघरमा दीपावली गरी देउसी-भैलो खेल्दै अन्तिम दिन दाजुभाइले दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका ग्रहण गर्दै  दाजुभाइको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने प्रचलन रहेको यस पर्वले नेपालीहरूमा आपसी सामाजिक सद्भाव, सौहार्दता, सहिष्णुता र भाइचाराको अभिबृद्धि गर्दै, राष्ट्रिय एकता, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु ।

अन्तमा, हाल हामी कोरोनाभाइरस (कोभिड-१९)को कारण विषम परिस्थितिमा रहेकोले यस वर्षको तिहार पर्वलाई जो जहाँ छौँ त्यहीँ स्थानमा नै स्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्दै सुरक्षित तवरले प्रविधिको उच्चतम प्रयोग गरेर मनाउन हार्दिक अपिल गर्दछु सबैको सचेतनता र होसियारीले कोरोनाभाइरसको यस महामारीबाट छिट्टै नै विजय हासिल गर्न सक्ने विश्वास व्यक्त गर्दै पुनः तिहार पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७७ मङ्सिर ०१ गते, सोमबार ।                                                    

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश