आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट “क्रिसमस डे, २०७७”को अवसरमा व्यक्त शुभकामना सन्देश


ईसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा सम्पूर्ण ईसाई धर्मावलम्बीहरूका साथै कर्णाली प्रदेशवासी र सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

ईसाई धर्मका प्रवर्तक येशु ख्रिस्टको जन्मोत्सवको रूपमा मनाइने यस पर्वमा घर आँगन सजिसजावट गरी एक आपसमा शुभकामना आदान प्रदान गर्दै गिरिजाघरहरूमा प्रभु येशुको आराधनामा गर्ने गरिन्छ । यस पर्वमा सान्टा क्लज उपहार दिएर एक आपसमा खुशी साटासाट गर्ने प्रचलन रहेको छ, सान्टा क्लजले सबैलाई खुशी प्रदान गर्ने जनविश्वास छ । यस पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्दै सामाजिक एकता अझ बलियो बनाउने विश्वास लिएको छु ।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक, विशेषता भएको हाम्रो मुलुकमा यस प्रकारका चाडपर्वहरूको अत्यन्तै ठूलो महत्व छ । यिनको संरक्षण, सम्बर्द्धन  र प्रबर्द्धन गर्नु सबै नागरिकको साझा दायित्व हो । हामीले मनाउने यस प्रकारका चाडपर्वहरूले फरक-फरक साँस्कृतिक पहिचान बोकेका समुदायबिच आपसी सद्भाव अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छु ।

अन्तमा, ‘क्रिसमस डे’ले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, प्रेम, एकता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा पूरा गर्न र सुन्दर, शान्त एवम् समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७७ पौष १० गते, शुक्रवार ।                                                       

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश