आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट "२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस"को अवसरमा व्यक्त शुभकामना सन्देश

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता स्वर्गीय पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै "२९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस"को उपलक्ष्यमा अवसरमा कर्णाली प्रदेशवासी एवम् सम्पूर्ण नेपालीजनमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हाम्रा पूर्वजहरूको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिकाको कारण अमूल्य सभ्यता, संस्कृति र प्राकृतिक सम्पदा भएको हाम्रो देश नेपाल प्राचीनकालदेखि नै एक स्वतन्त्र, स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा स्थापित हुन सफल भएको हो । जातीय, धार्मिक, सांस्कृतिक विविधता भएका जनता बीच एक आपसमा समन्वय गरी बलियो सूत्रमा एकताबद्ध गर्दै पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियान मार्फत तत्कालीन अवस्थामा छरिएर रहेका बाइसे-चौविसे राज्यहरूलाई एकीकृत गर्नुभएको थियो । आजको दिनले हामी सबैलाई एकताबद्ध भई राष्ट्रिय हितलाई सर्वोपरि मानेर अगाडी बढ्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।

अन्तमा, आजको यस ऐतिहासिक दिनले राष्ट्रिय एकता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा पूरा गर्न र सुन्दर, शान्त एवम् समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।      

धन्यवाद !

मिति २०७७ पौष २७ गते, सोमवार ।                                                        

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश