प्रदेश प्रमुखको संक्षिप्त जीवनी
नाम: गोविन्दप्रसाद कलाैनी
ठेगाना: सुदूरपश्चिम प्रदेश, बैतडी
जन्म मिति: २९ जेठ¸ २०१२ (12 June 1955)
नागरिकता: नेपाली (१४७, बैतडी)
शैक्षिक पृष्ठभूमि:
स्नातक (B.Ed.), (विज्ञान, गणित) त्रि.वि.
राजनैतिक पृष्ठभूमि
- २०३५-२०३७ सालसम्म अनेरास्ववियू (एकताकाे पाँचौं) सदस्य, त्रि.वि. केन्द्रीय क्याम्पस, कीर्तिपुर ।
- २०३६ सालदेखि नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य
- २०३६ सालदेखि २०४७ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको डडेल्धुरा जिल्ला सदस्य हुँदै पाँचौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय कमिटी सदस्यमा निर्वाचित ।
- २०३९ सालदेखि २०४१ सालसम्म 'मार्क्सवादी अध्ययन दल' नेकपा (माले) को डडेल्धुरा जिल्ला प्रमुख ।
- २०४० सालमा नेकपा (माले) को सदस्यता प्राप्त ।
- २०४१ सालदेखि नेकपा (माले) 'इलाका पार्टी सक्रिय दल' को सचिव - डडेल्धुरा ।
- २०४२ सालदेखि नेकपा (माले) 'जिल्ला पार्टी सक्रिय दल'को डडेल्धुरा जिल्ला सचिव ।
- २०४७ सालमा नेकपा (एमाले) को सदस्यता प्राप्त ।
- २०४७ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को डडेल्धुरा जिल्ला संगठन कमिटीको सचिव ।
- २०४९ सालमा डडेल्धुरा जिल्लाबाट नेकपा (एमाले) काे पाँचाै राष्ट्रिय महाधिवेशन प्रतिनिधि ।
- २०५० सालमा प्रथम जिल्ला अधिवेशनबाट नेकपा (एमाले) काे डडेल्धुरा जिल्ला कमिटीको सचिवमा निर्वाचित ।
- २०५२ सालमा नेकपा (एमाले) काे बैतडी जिल्ला कमिटी सचिव ।
- २०५४ सालमा बैतडी जिल्लाबाट नेकपा (एमाले) काे छैठौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि ।
- २०५९ सालमा नेकपा (एमाले) काे साताै राष्ट्रिय महाधिवेशनमा महाकाली अञ्चलबाट प्रतिनिध ।
- २०५९ सालमा नेकपा (एमाले) काे साताै राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय लेखापरीक्षण कमिटी सदस्य ।
- २०६४ सालमा नेकपा (एमाले) आठौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य ।
- २०६८ सालमा सम्पन्न नेकपा (एमाले) को प्रथम राष्ट्रिय प्रतिनिधि परिषद बैठकबाट पार्टीकाे पहिलाे पटक गठन भएकाे केन्द्रिय निर्वाचन आयोगको सदस्यमा निर्विरोध निर्वाचित भई सोही आयोगको उपाध्यक्षको जिम्मेवारी बहन गरेकाे ।
- २०७६ साल कार्तिक १८ गते नेपाल सरकारको मन्त्रिपरिषद्को सिफारिसमा कर्णाली प्रदेशको प्रदेश प्रमुख पदमा सम्माननीय राष्ट्रपतिबाट नियुक्त ।
अनुभव
- शिक्षण पेशामा १५ वर्ष सेवा (माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट २०४७ सालमा पार्टीको निर्णयानुसार राजीनामा दिई पूर्णकालीन भएकाे)
- माध्यमिक तथा निम्न माध्यमिक शिक्षकहरुको गणित विषयको प्रशिक्षक - विज्ञान शिक्षा परियोजना अन्तर्गत गणित प्रशिक्षकको १ महिने तालिम फिलिपिन्सको राजधानी मनिलाबाट प्राप्त ।
संसदीय संघर्ष
- २०४८ सालमा डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्रबाट संसद सदस्यको उम्मेदवार - नेकपा (एमाले)
- २०५५ सालमा सुदूरपश्चिमाञ्चल विकासक्षेत्रबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार - नेकपा (माले)
- २०५६ साल बैशाखमा बैतडी जिल्ला निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार - नेकपा (माले)
- २०५६ साल असारमा सुदूरपश्चिमाञ्चल विकासक्षेत्रबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार - नेकपा (माले)
- २०६४ सालमा कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं.३ बाट संविधानसभा सदस्यको उम्मेदवार - नेकपा (एमाले)
अन्य संघर्ष:
- २०३६ सालको विद्यार्थी आन्दोलनमा त्रि.वि. केन्द्रीय क्याम्पस कीर्तिपुरबाट सक्रिय सहभागिता हुँदा "शान्ति सुरक्षा ऐन" अन्तर्गत प्रहरी हिरासतमा ६ दिन र सेन्ट्रल जेलमा १३ दिन बन्दी रही जनमत संग्रहको घोषणा पश्चात रिहा ।
- २०३७ साल र २०४२ सालको शिक्षक आन्दोलनमा सक्रिय सहभागी ।
- २०६२-०६३ सालको जनआन्दोलनमा सक्रिय सहभागी ।
राजनीतिक नियुक्ति:
- २०५१ सालमा "सुकुम्बासी समस्या समाधान आयोग" डडेल्धुरा-बैतडी को अध्यक्ष भई जिम्मेवारी बहन गरेको ।
फोन नं: 9858750055, 9858077178
फोन नं
9858750055, 9858077178
इमेल