आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “नव वर्ष २०७७ साल”को शुभकामना सन्देश

 

नव वर्ष २०७७ सालको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विश्व महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को सङ्क्रमणबाट आफू जोगीई मुलुकलाई जोगाउन सामाजिक दुरी कायम गर्दै विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार, प्रदेश सरकारहरु र स्थानीय सरकारहरुले आधिकारिक रूपमा जारी गरेका निर्देशनहरुलाई पालना गर्न सबैमा अनुरोध गर्दछु । वि.सं. २०७७ सालको प्रारम्भ संगै कोरोनाभाइरसको अन्त्य भई समग्र विश्वले यसबाट मुक्ति पाओस् भनि कामना गर्दछु । कोरोना बिरुद्धको महाअभियानमा अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, तीनै तहका सरकारका अङ्गहरु, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सामाजिक सङ्घ संस्था उद्यf]गी व्यवसायी लगायत सबैको प्रयासको उच्च मुल्याङ्कन गर्दै सम्बद्ध सबैको मनोबल बढाउनमा सहयोग पुर्याउन हार्दिक अनुरोध गर्दछु । साथै, कोरोनाभाइरसको सङ्क्रमण तर्फ सजग रहि सुरक्षित तवरले नव वर्षको शुभारम्भ मनाउन सबैमा अपिल गर्दछु ।

वि.सं. २०७६ सालमा मुलुकले हाँसिल गरेका उपलब्धिलाई सुदृढिकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहि “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा पूरा गर्नमा वि.सं. २०७७ साल सफल हुनेछ भन्ने विश्वास लिएको छु । नयाँ वर्षको अवसरमा सबै कर्णालीवासी एवम् सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा उच्च मनोवलका साथ अगाडि बढ्न आव्हान गर्दछु । मलाई विश्वास छ, नेपाल र नेपालीको यो दृढ संकल्पले हामीलाई कोरोना बिरुद्धको लडाईमा विजय हाँसिल गरि देश विकासमा नयाँ लहर पैदा गर्न मद्दत पुग्नेछ ।

अन्तमा, नयाँ वर्ष २०७७ मुलुकमा सुस्वास्थ्य, समृद्धि र दीगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस् भन्दै सबैमा पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७७ बैशाख १ गते, सोमवार ।                                                                    

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश