आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “२५६४ औं बुद्ध जयन्ती” को शुभकामना सन्देश

बौद्ध धर्मका प्रणेता, विश्व शान्तिका प्रतिमूर्ति गौतम बुद्धको २५६४ औं जन्म जयन्तीको अवसरमा विश्वभर फैलिएर रहनुभएका बौद्धधर्मि एवम् समस्त शान्तिप्रेमी महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वैशाख शुक्ल पुर्णिमाको तिथिको दिन विश्वभर बौद्ध धर्मावलम्वीहरू र समस्त अहिंसाप्रेमी महानुभावद्वारा बुद्धको शान्ति उपदेशको स्मरण गर्दै शान्तिका अग्रदूत गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ बुद्ध जयन्ती मनाउने गरिन्छ । आजको यस दिनले हामी सबैलाई आपसी मेलमिलाप बढाउदै शान्ति कायम गरि प्रगतिपथमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु । शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच  सहिष्णुता र आपसी सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।

अन्तमा, विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९)  को महामारीबाट चाडै नै मुक्ति पाउनेछौं भन्ने कामना सहित २५६४ औं बुद्ध जयन्तीको अवसरमा शान्ति, सद्भाव र मेलमिलापको पथमा लाग्न समस्त मानवजातीलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

 

धन्यवाद !

मिति २०७७ बैशाख २५ गते, बिहीबार ।                                                       

  गोविन्दप्रसाद कलौनी

    प्रदेश प्रमुख

   कर्णाली प्रदेश