आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “इद उल फित्र” को शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको शुभ-अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी कर्णालीवासी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो देश नेपालमा यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिबृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा  महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु ।

अन्तमा, विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९)  को महामारीको संक्रमण तर्फ सजग रहि सुरक्षित तवरले यो पर्व मनाउन सबैमा अपिल गर्दै यस पर्वले हामी सबैमा भ्रातृत्व, शान्ति र सामाजिक सहिष्णुताको लागि थप प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

 

धन्यवाद !

मिति २०७७ जेष्ठ १२ गते, सोमवार । 

 

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश