आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “हरितालिका तीज, २०७७”को शुभकामना सन्देश

नेपाली हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा समस्त नेपाली नारीहरू एवम् कर्णालीवासी दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा भगवान शिवको आराधना गर्दै सौभाग्य, दीर्घायु र पारिवारिक सुखको कामना सहित उपवास राख्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । यस पर्वमा उपवासका साथै नाचगान गरेर मनोरञ्जन समेत गर्ने गरिन्छ । खास गरी नेपाली हिन्दू महिलाहरूले मनाउने गरेको यो पर्व हिजोआज अन्य धर्मावलम्बी नेपाली नारीहरूले पनि हर्षोल्लास साथ मनाउने गरेका छन् । यस्ता पर्वहरूले विविधतामा एकता कायम गर्दै धार्मिक सहिष्णुता एवम् सामाजिक सद्भाव झनै बढाउन मद्दत पुर्याउने अपेक्षा गरेको छु ।

अन्तमा, विश्वभर फैलिएको कोरोनाभाइरस (COVID-19) महामारीको कारण विगतमा जस्तो भेटघाट, नाचगान र हर्षोल्लास साथ मनाउने परिस्थिति नरहेकोले सरकारको निर्देशन अनुरूप जीवन रक्षालाई मध्यनजर राखी तीज मनाउन सबैमा अनुरोध गर्दै यस पर्वले लैङ्गिक विभेदको अन्त्य गरी समतामुलक समाज निर्माणमा अगाडी बढ्न सबैलाई उत्प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

 

धन्यवाद !

मिति २०७७ भाद्र ५ गते, शुक्रवार ।

                                 

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख  
कर्णाली प्रदेश