आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट “राष्ट्रिय बाल दिवस, २०७७”को अवसरमा व्यक्त शुभकामना सन्देश

“विपद् मा बाल अधिकारको सुनिश्चितता: हामी सबैको साझा प्रतिबद्धता” भन्ने मूल नाराका साथ मनाउन लागिएको ‘राष्ट्रिय बाल दिवस, २०७७’को अवसरमा सम्पूर्ण बालबालिकाहरूमा शुभकामना व्यक्त गर्दछु ।

नेपालले संयुक्त राष्ट्रसङ्घको ‘बालअधिकार महासन्धि, १९८९’लाई २०४७ साल भदौ २९ गते अनुमोदन गरे पश्चात् हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाइँदै आएको छ । यस लगायत नेपालले बाल अधिकार प्रत्याभूत गर्नका लागि अन्य विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धताहरूमा पनि हस्ताक्षर गरिसकेको छ । यसै गरी नेपालको संविधान र कानूनले बाल अधिकार सुनिश्चितताको स्पस्ट व्यवस्था गरेको छ । यी प्रावधानहरूको अक्षरश: कार्यान्वयन गर्नु आजको प्रमुख दायित्व हो ।

बालबालिकाको हकहित, संरक्षण तथा संवर्द्धन गर्नका लागि तीनै तहका राज्यका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको भूमिका अपरिहार्य हुन्छ  । यसका लागि बालमैत्री नीति तथा कार्यक्रम बनाउन बालअधिकारको पक्षमा काम गर्नुहुने सबै सरोकारवालाहरूले थप प्रतिवद्धता र क्रियाशीलताका साथ बालबालिकाको गुणात्मक विकासमा निरन्तर लाग्दै “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा पूरा गर्नमा योगदान पुर्याउन सबैमा आह्वान गर्दछु ।

अन्तमा, कोरोनाभाइरस (कोभिड १९)को महामारीका कारण सबै शैक्षिक संस्था बन्द रहेको वर्तमान अवस्थामा श्रोत साधनको सीमितताका बाबजुद बैकल्पिक माध्यमबाट भइरहेको पठनपाठनको प्रयासको सराहना गर्दै  पुन: सम्पूर्ण बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !
मिति २०७७ भाद्र २९ गते, सोमवार ।

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख  
कर्णाली प्रदेश