आर्थिक वर्ष

प्रेस विज्ञप्ति

 

 

यस प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा कार्यरत केही कर्मचारीहरूमा कोभिड-१९ को लक्षण देखीएकोमा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भए पश्चात कन्ट्याक्ट ट्रेसिङ अनुरुप पि.सि.आर. परीक्षण गर्दा  माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूलाई  कोभिड-१९ को सङ्क्रमण भएको पुष्टि भएको छ । हाल माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ होम आइसोलेसनमा बस्नुभएको कुरा जानकारी गराउन चाहन्छौं ।

मिति २०७७ असोज १५ गते, बिहीबार

-----------------------

प्रमुख स्वकीय सचिव