आर्थिक वर्ष

धन्यवाद ज्ञापन


विश्वमहामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को नेपालमा सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेको छ । यसै सिलसिलामा कन्ट्याक्ट ट्रेसिङ अनुरूप स्वाव परीक्षण गर्दा मलाई मिति २०७७ असोज १५ गते कोभिड-१९ को सङ्क्रमण पुष्टि भए पश्चात् मेरो स्वास्थ्य अवस्थाका बारेमा चासो राखी विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने सम्मानित व्यक्तित्वहरू र सहृदयी शुभचिन्तकहरू सबैमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद भन्न चाहन्छु । स्वास्थ्यका मापदण्ड बमोजिम होम आइसोलेशनमा बसेर पूर्णतया स्वस्थ भई आफ्नो कामकाजमा फर्केको कुरा सहर्ष जानकारी गराउन चाहन्छु । यस अवधिमा मेरो स्वास्थ्यको रेखदेख गर्नुहुने चिकित्सक, स्वास्थ्यकर्मी लगायत अन्य सहयोगीहरूलाई  समेत धन्यवाद भन्न चाहन्छु ।

उच्च मनोबल र उपलब्ध प्राकृतिक उपचारबाट यो रोग सँगको लडाइँ जित्न सकिने मेरो व्यक्तिगत अनुभव रहेको छ । सङ्क्रमण भइसके पश्चात् उपचार गर्नु भन्दा स्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गरी सङ्क्रमण हुन नदिनु नै उत्तम उपाय भएकोले सबैले सोही बमोजिम गरी आफू जोगिई अरूलाई जोगाउने साझा उत्तरदायित्व पूरा गर्न अपिल गर्दछु ।

धन्यवाद !

मिति २०७७ असोज २९ गते, बिहीबार ।                                                  

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख  
कर्णाली प्रदेश