आर्थिक वर्ष

माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट “विजयादशमी, २०७७”को अवसरमा व्यक्त शुभकामना सन्देश


हिन्दूहरूको महान् चाड “विजयादशमी, २०७७”को पावन अवसरमा स्वदेश तथा  विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभा तथा दिदी बहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

विजयादशमी पर्वलाई असत्यमाथि सत्यको विजयको रूपमा मनाउने परम्परा रहिआएको छ । यस पर्वमा नवदुर्गा भवानीको पूजा अर्चना गरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट टीका, जमरा, फूलपाती, आशीर्वाद ग्रहण गर्दै पारिवारिक मिलनसँगै शुभकामना आदान प्रदान गर्ने गरिन्छ । यस पर्वले समाजमा न्याय र समानतासहितको सामाजिक एकता, आपसी सद्भावमा टेवा पुऱ्याउने मैले विश्वास लिएको छु ।

हाल हामी कोरोनाभाइरस (कोभिड-१९)को कारण विषम परिस्थितिमा रहेकोले यस वर्षको विजयादशमीलाई जो जहाँ छौँ त्यहीँ स्थानमा नै स्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्दै सुरक्षित तवरले प्रविधिको उच्चतम प्रयोग गरेर मनाउन हार्दिक अपिल गर्दछु यस पर्वले कर्णाली प्रदेशमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधतालाई थप सुदृढ गर्दै एकता र भातृत्वलाई जोगाइराख्नमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छु

अन्त्यमा, विजयादशमीको यस अवसरमा कोरोनाको कहरबाट चाडै नै मुक्ति मिल्ने कामना सहित पुन: सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

 

धन्यवाद !

मिति २०७७ कार्तिक ०७ गते, शुक्रवार ।                                                   

गोविन्दप्रसाद कलौनी
प्रदेश प्रमुख  
कर्णाली प्रदेश