आर्थिक वर्ष

‘नव वर्ष २०७८ साल’को अवसरमा माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त शुभकामना सन्देश

 

नव वर्ष विक्रम संवत् २०७८ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।

विश्व महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) को सङ्क्रमण दर फेरी बढ्दै गएको सन्दर्भमा यसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्न सबैमा अनुरोध गर्दछु । यस नव वर्षमा कोरोनाभाइरसको महामारीबाट समग्र विश्वले मुक्ति पाओस् भनी कामना गर्दछु । कोरोना विरुद्धको महाअभियानमा अग्रपंक्तिमा खटिनुहुने सम्पूर्णको उच्च मुल्याङ्कन गर्दै उहाँहरूको मनोबल बढाउनमा सहयोग पुर्‍याउन सबैमा हार्दिक अनुरोध गर्दछु । साथै, कोरोनाभाइरसको सङ्क्रमण तर्फ सजग रहि सुरक्षित तवरले नव वर्षको शुभारम्भ मनाउन समेत सबैमा अपिल गर्दछु ।

राजनीतिक परिवर्तन मार्फत प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई आर्थिक-सामाजिक रुपान्तरणसहितको समृद्धितर्फको यात्रामा तीव्रताका साथ अगाडि बढाउनु हामी सबैको साझा दायित्व हो । यस कार्यमा सबैले आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सके नयाँ वर्ष २०७८ साल कर्णाली प्रदेश सरकारको “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी”को दीर्घकालीन सोच र नेपाल सरकारको “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा हासिल गर्न सक्षम हुने विश्वास गरेको छु ।

अन्तमा, नयाँ वर्ष वि.सं. २०७८ साल मुलुकमा समृद्धि र दीगो शान्तिका स्थापना गर्दै जनताको स्वास्थ्यमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस् भन्दै सबैमा पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

मिति २०७८ वैशाख १ गते, बुधवार ।

गोविन्दप्रसाद कलौनी

प्रदेश प्रमुख

कर्णाली प्रदेश