0 स्क्याएर मीटर
0 अस्पताल
0 उद्योग
0 जनसंख्या
0 स्कुल

प्रदेश प्रमुखको कार्यालयको परिचय

पृष्ठभूमि:- नेपालको संविधानको धारा ५६ अनुसार संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तह रहने व्यवस्था छ । सोही प्रावधान अनुसार हालको एक संघ, ७ प्रदेश र ७५३ वटा स्थानीय तह रहेका छन् । संघीयता कार्यान्वयनको क्रममा नेपालमा तीनवटै तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भई सबै तहमा जन निर्वाचित सरकार स्थापना भएका छन् । संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष एवं संविधानको संरक्षकका रूपमा स्थापित गरेको छ । नेपालको संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार संविधानले प्रदत्त गरेको प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारलाई सहयोग गर्न निजामती सेवाको प्रशासन सेवाका सचिव (रा.प. प्रथम श्रेणी) को नेतृत्वमा प्रशासनिक कामकारबाही हुने गरी प्रदेश प्रमुखको कार्यालय रहने व्यवस्था छ ।