0 स्क्याएर मीटर
0 अस्पताल
0 उद्योग
0 जनसंख्या
0 स्कुल
पृष्ठभूमि: वि.सं. २०६२-०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी भएको अन्तरिम संविधान २०६३ अनुरुप सम्पन्न संविधानसभाको पहिलो निर्वाचनपछि गठित संविधानसभाको पहिलो बैठकले २०६५ साल जेष्ठ १५ गते नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रुपमा स्थापना गर्यो । उक्त संविधानसभाबाट डा. रामबरण यादव गणतन्त्र नेपालको पहिलो राष्ट्रपति निर्वाचित हुनुभयो । वर्तमान सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी संघीय गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवम् नेपालको संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष हुनुहुन्छ । नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवम् अभिभावकको रुपमा स्थापित गरेको छ । नेपालको संविधानको बमोजिम २०७४ सालमा राज्य संरचनाका तीनवटै तह (स्थानीय, प्रदेश र संघ) को निर्वाचन सम्पन्न भई तीनै तहमा सार्वभौम जनताको सरकार स्थापना भए पश्चात नेपालले हालको संघीय संरचना बमोजिम नेपालमा ७५३ वटा स्थानीय तह, ७ वटा प्रदेश र एक संघ भएको संघीय लोकतान्त्रिक राज्य व्यवस्था कार्यान्वयनमा छ । नेपालको संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार संविधानले प्रदत्त गरेको प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारलाई सहयोग गर्न निजामति सेवा प्रशासन समूहका सचिव (रा.प. प्रथम श्रेणी) को नेतृत्वमा प्रशासनिक काम कारबाही हुने गरी प्रदेश प्रमुखको कार्यालय रहने व्यवस्था छ ।
Pagination
माननीय प्रदेश प्रमुखको सन्देश
कर्णाली प्रदेशवासीको नाममा संदेश
सम्माननीय रास्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६/०७/१८ गतेको निर्णयानुसार नेपालको संविधानको धारा १६३ बमोजिम नेपाल सरकारको प्रतिनिधिको रुपमा कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी प्राप्त भएको यस सु-अवसरमा सम्माननीय राष्ट्रपति नेपाल सरकार र सम्पूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछु |
सूचना तथा समाचार
- 4 minutes 39 seconds ago
- 6 days 23 hours ago
- 2 weeks 2 days ago
- 4 weeks ago
- 4 weeks ago
प्रेश बिज्ञप्ति
- मिति: 05/18/2023 - 18:47
- मिति: 04/30/2023 - 14:47
- मिति: 04/25/2023 - 13:20
- मिति: 04/21/2023 - 13:42
- मिति: 04/20/2023 - 13:24
- मिति: 04/10/2023 - 14:46