0 स्क्याएर मीटर
0 अस्पताल
0 उद्योग
0 जनसंख्या
0 स्कुल
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “राष्ट्रिय धान दिवस(असार १५)”को शुभकामना सन्देश
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “राष्ट्रिय धान दिवस(असार १५)”को शुभकामना सन्देश
राष्ट्रिय धान दिवस (असार १५)को अवसरमा सम्पूर्ण देशवासीका साथै कर्णाली प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु |
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “छैठौं विश्व योग दिवस”को शुभकामना सन्देश
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “छैठौं विश्व योग दिवस”को शुभकामना सन्देश
छैठौं विश्व योग दिवसका अवसरमा सम्पूर्ण नेपाली एवम् कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा योग मार्फत जीवनलाई स्वस्थ बनाउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “१३ औं गणतन्त्र दिवस” को शुभकामना सन्देश
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “१३ औं गणतन्त्र दिवस” को शुभकामना सन्देश
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “इद उल फित्र” को शुभकामना सन्देश
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “इद उल फित्र” को शुभकामना सन्देश
कर्णाली प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गरिएको अत्यन्त जरूरी सूचना
कर्णाली प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान गरिएको अत्यन्त जरूरी सूचना
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “२५६४ औं बुद्ध जयन्ती” को शुभकामना सन्देश
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “२५६४ औं बुद्ध जयन्ती” को शुभकामना सन्देश
बौद्ध धर्मका प्रणेता, विश्व शान्तिका प्रतिमूर्ति गौतम बुद्धको २५६४ औं जन्म जयन्तीको अवसरमा विश्वभर फैलिएर रहनुभएका बौद्धधर्मि एवम् समस्त शान्तिप्रेमी महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२०” को शुभकामना सन्देश
माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीज्यूबाट व्यक्त “अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२०” को शुभकामना सन्देश
कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य गरिएको अत्यन्त जरुरी सूचना !
कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य गरिएको अत्यन्त जरुरी सूचना !
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीज्यूबाट प्रदेश सभा, कर्णाली प्रदेशको चालु पाँचौ अधिवेशन मिति २०७७ बैशाख ०५ गते शुक्रवार रातको १२:०० बजे देखि अन्त्य गर्ने निर्णय भएको हुँदा माननीय सदस्यज्यूहरु र सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |
आज्ञाले,
ठाकुर प्रसाद सिग्देल
सचिव
Pagination
माननीय प्रदेश प्रमुखको सन्देश
कर्णाली प्रदेशवासीको नाममा संदेश
सम्माननीय रास्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६/०७/१८ गतेको निर्णयानुसार नेपालको संविधानको धारा १६३ बमोजिम नेपाल सरकारको प्रतिनिधिको रुपमा कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी प्राप्त भएको यस सु-अवसरमा सम्माननीय राष्ट्रपति नेपाल सरकार र सम्पूर्ण नेपाली जनतामा हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछु |
मुलुकमा ठुलो राजनीतिक परिवर्तन पछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ | हामी संघियताको नयाँ अभ्यासमा छौं | मुलुक केन्द्रिकृत एकात्मक शासन प्रणालीबाट विकेन्द्रित संघिय शासन प्रणालीमा रुपान्तरण भएको छ | नेपालको पश्चिम-उत्तरी भूगोलमा अवस्थित कर्णाली प्रदेश नेपालको सबैभन्दा ठुलो भूगोल भएको प्रदेश हो | नेपाल सरकारको “समृद्ध नेपाल सुखी नेपाली” को नारालाई साकार पार्न “समृद्ध कर्णाली प्रदेश, सुखी कर्णालीवासी” बन्नु आवश्यक छ | यसैले हामी समृद्धिको यात्रामा छौं | यसका लागि कर्णालीवासी जनताको बीचमा आपसी एकता कायम गर्दै आ-आफ्नो तह र तप्काबाट दत्तचित्त भएर काम गर्नु आवश्यक रहेको छ | कर्णाली प्रदेशलाई अन्य प्रदेश सरह विकसित गर्दै राष्ट्र विकासको मूलप्रावाहमा समाहित गर्न “शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार: यसका लागि पूर्वाधार” को नारा अघि सारेर कर्णाली प्रदेश सरकार र स्थानीय तहका सरकारहरु क्रियाशील रहेका छन् | विकासका सूचकांकको आधारमा यो प्रदेश सबै भन्दा पछाडी परेको प्रदेश हो | अनेकन चुनौती र समस्याका बाबजुद प्रदेशको गर्भमा विराट सम्भावनाहरू लुकेका छन् ।
खाद्यान्न, आवास, शिक्षा, स्वास्थ्य, सुरक्षा, यातायात, रोजगार जस्ता आधारभूत आवश्यकताहरुको पनि परिपूर्ति गर्न नसकेको विद्यमान अवस्थामा कर्णाली प्रदेशको चौतर्फी विकास गर्नु एक चुनौतीपूर्ण काम रहेको छ | यसका लागि नेपालको संविधानले निर्दिष्ट गरे अनुरुप नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैले एक अर्का संग हातेमालो गर्दै अगाडी बढ्नुपर्ने प्रमुख आवश्यकता रहेको छ | “जहाँ समस्या हुन्छ त्यहाँ समाधान र अवसरहरु पनि हुने गर्दछन” भनेझैँ यस प्रदेशमा अनेकन सम्भावनाहरु रहेका छन् | जलश्रोतको भण्डार रहेको यस प्रदेश अन्तर्गतका साना ठुला नदीनालाहरुबाट उत्पादन हुने विद्युतीय उर्जा यस प्रदेशको विकासको प्रमुख आधार हुन सक्छ | यस प्रदेशको पहाडी र उच्च हिमाली क्षेत्रमा पाईने बहुमूल्य जडिबुटीहरुलाई संरक्षण, उत्पादन, व्यवस्थापन, प्रवर्धन तथा बजारीकरण गर्न सकेमा प्रदेशको अर्थ व्यवस्थामा महसुस गर्ने गरि सुधार हुनसक्ने कुरामा दुईमत छैन | साथै प्रदेशको भौगोलिक विकटताले विकासमा बाधा पुर्याएको भएतापनि यस प्रदेश अन्तर्गतका बिभिन्न मनोरम स्थलहरु, रारा र फोक्सुन्डो तालदेखि मानसरोवर कैलाश, विभिन्न आकर्षक ताल र दहहरू, हिमाल, झरना, गुफा, गुम्बा, मठमन्दिर, भेषभूसा, चाडपर्व, घरेलु प्रविधिको स्वदेश र विदेशमा प्रचार प्रसार गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक थलो बनाई पर्यटन व्यवसायलाई विकास गर्नसकिने उच्च सम्भावना रहेको छ | पर्यटनको विकासले यस प्रदेशको आर्थिक, सामाजिक र मानवीय विकास गर्ने मात्रै नभई यस प्रदेश र सिंगो देशलाई नै विश्वभर चिनाउनेछ | विद्यमान स्रोत र साधनहरूको पहिचान, तिनको अभिलेखीकरण, परिचालन र संरक्षणका क्षेत्रमा योजनाबद्ध कामको थालनी अहिलेको प्रमुख आवश्यकता हो । यस प्रदेशको तिब्बती नाका खोलि उत्तरी छिमेकी मित्रराष्ट्र चीन संगको ब्यापार बढाउन सके यस क्षेत्रको विकासमा एक इट्टा थपिने कुरामा बिस्वस्त रहेको छु | उच्च हिमाली र पहाडी क्षेत्रमा सदैव बहने गरेको तिब्र वायुलाई विद्युतिकरण गर्न सकिने अवस्था पनि यो प्रदेशमा रहेको छ | आफ्नै आर्थिक श्रोतको विकास भई नसकेको अवस्थामा सार्वजनिक – निजी लगानी मार्फत यस क्षेत्रलाई विकासको मुलधारमा ल्याउन विदेशी सहयोगदाता राष्ट्रहरुको सहयोग अपेक्षित छ |
माथि उल्लेखित सम्भावनाहरुलाई मध्यनजर गर्दै नेपालको संविधान अनुरुप संघिय सरकारसंगको सहकार्यमा यस प्रदेशलाई विकासको मुलधारमा ल्याई नेपाल सरकारको नारा “समृद्ध नेपाल सुखी नेपाली” लाई साकार पार्न प्रदेश प्रमुखको हैसियतले मैले भूमिका खेल्ने कुरामा यस प्रदेशका सम्पूर्ण जनता र समग्र नेपालीलाई विश्वास दिलाउन चाहान्छु |
सूचना तथा समाचार
- 17 hours 38 minutes ago
- 3 days ago
- 2 weeks ago
- 2 weeks 5 days ago
- 1 month ago
प्रेश बिज्ञप्ति
- मिति: 10/01/2020 - 11:57
- मिति: 07/15/2020 - 21:29
- मिति: 07/14/2020 - 20:05
- मिति: 07/14/2020 - 19:27
- मिति: 07/03/2020 - 15:31
- मिति: 05/07/2020 - 23:45